• Tuesday 8th of September 2026

प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिनुभएको छ ।नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताउनुभएको हो । विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काङ्ग्रेससमेत तयार रहेको जानकारी दिँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिनुभयो ।

“छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ”, नेता पौडेलले भन्नुभयो,“अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस् ।” नेपाली काङ्ग्रेस झापा शाखाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँलगायत काङ्ग्रेस नेता डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology