• Friday 24th of July 2026

नेकपाको दाङमा ९६ वडामा एकता


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङमा एकतालाई अन्तिम चरणमा पु¥याएको छ । दाङका १०० वडामध्ये ९६ वडामा एकता प्रक्रिया पूरा भएको र अब छिटै बाँकी वडामा पनि पूरा हुने बताइएको छ । जिल्ला कमिटीले पूर्णता पाएसँगै पार्टीलाई चलायमान बनाइएको जिल्ला सचिव सुवास पुनले बताउनुभयो । “जिल्लाको पार्टी एकता नहुँदा नेता तथा कार्यकर्ता जिम्मेवारविहीन हुनुहुन्थ्यो, हामी पनि कसरी काम गर्ने भन्ने कुरामा अन्योल थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले एकताले पूर्णता पाएपछि जिल्लामा विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।” जिल्लाले विभिन्न विभाग तथा स्थानीय तहको एकतालाई पनि पूर्णता दिइसकेको छ । केही वडाले टोलसम्म पनि कमिटी निर्माण गरिसकेको छ । अब विभिन्न भ्रातृ सङ्गठनको एकता प्रक्रिया बाँकी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology