• Friday 24th of July 2026

झुलाघाट नाका साँझदेखि खुल्ने


  • गोकर्णेश्वर अनलाइन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ । भारतमा आज जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ । विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो । यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology