• Tuesday 8th of September 2026

उसुमा नेपाललाई दुई स्वर्ण


  • गोकर्णेश्वर अनलाइन

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषमा विजयले ९.४८ अङ्क जोड्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई पछि पार्नुभएको थियो । रजत पदक जितेको बङ्गलादेशले ९.३४अङ्क ल्याएको थियो भने कास्य पदक जितेको श्रीलङ्काले ९.१३ अङ्क जोडेको थियो । त्यस्तै महिलामा सुस्मिताले ९.४४ अङ्क जोड्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पार्नुभएको थियो । सोही स्पर्धामा श्रीलङ्काले ८.५५ अङ्क बटुल्दै दोस्रो भयो भने ७.५३ अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology