सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन ।मंसिर १८ र १९ गते गोकर्णेश्वर नगरपालिकाको जगडोलमा आयोजना हुने साउथ एसियन गेम्स अन्तर्गतको साईक्लिङ इभेन्टको डाउनहिल साईक्लिङ र क्रस क्रन्ट्री रेसमा दर्शकको रुपमा सहभागी हुन नगर प्रमुख सन्तोष चालिसेले नगरवासीलाई आमन्त्रण गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४मा रहेको सहिद पार्कमा हुन लागेको साईक्लिङको लागि खेलाडीलाई प्रोत्साहन गर्न उपस्थितिको लागि मेयर चालिसेले अनुरोध गरेका हुन् । उल्लेख्य दर्शकको सहभागिताले खेलाडीलाई थप आत्मबल प्रदान गर्ने र खेल रोमाञ्चक हुने भएकोले सो को उत्घाटन समारोहमा उपस्थितिका लागि मेयर चालिसेले अनुरोध गरेका हुन् । डाउनहिल साईकल प्रतियोगिता मंसिर १८ गते र क्रस कन्ट्री रेस मंसिर १९ गते विहान १० बजे गोकर्णेश्वर नगरपालिकाको जगडोलमा हुने गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख भिम बहादुर शाहीले बताए ।
