मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे ।खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।
https://youtu.be/KmsYp5hgHFA
