सुदर्शन बजगाई,आशाका किरण समाचार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सामुदायिक विद्यालयका विद्यार्थीसंग मनाउने भएका छन् ।नेपाल स्काउटको आयोजनामा हुने प्रधानमन्त्रीसंग वालबालिका कार्यक्रममार्फत प्रधानमन्त्री केपी ओलीले विद्यार्थी संग साक्षात्कार गर्ने भएका हुन् । प्रधानमन्त्रीलाई हरेक विद्यार्थीको पहुँचमा पुर्याउन र बालबालिकाहरुलाई प्रधानमन्त्रीसंग प्रत्यक्ष साक्षात्कार गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए । काठमाडौं उपत्यकाको हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी विभिन्न सामुदायिक विद्यालयका स्काउट विद्यार्थीलाई कार्यक्रममा सहभागी गराईने भण्डारीले बताए । प्रत्यक विद्यालयका दुई जना विद्यार्थीले प्रधानमन्त्रीलाई प्रश्न गर्ने ब्यवस्था मिलाईएको लोकबहादुर भण्डारीले वताए । प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे आयोजना हुने कार्यक्रम प्रधानमन्त्रीसंग वालबालिका कार्यक्रमको दोश्रो संस्करण रहेको र आगामी दिनमा प्रदेश स्तरमा कार्यक्रमलाई लैजाने ब्यवस्था मिलाउन लागिएको स्काउटको दाबी छ। वालबालिकालाई प्रधानमन्त्रीसंग साक्षतकार गराउँदा बालबालिकाहरुमा छुट्टै आत्मविश्वास पैदा हुने स्काउटको विस्वास छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री रहने ब्यवस्था छ ।
