• Saturday 25th of July 2026

सेनाको स्वास्थ्य शिविरमा २१ हजार नागरिक लाभान्वित


  • गोकर्णेश्वर अनलाइन

नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित उक्त शिविरमार्फत जुुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको थियो । एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको थियो । गत मङ्सिर २७ देखि पुुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युुमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायकरथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिनुुभयो ।

सेनाले त्यस क्षेत्रका डोम र मुुसहर समुदायमा जुुकाको औषधि वितरण गर्नुुका साथै वस्तीमा लामखुुट्टे निरोधक औषधि छिटेको थियो । उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक बिरामीमा जन्मजात मुुटुु प्वाल परेको तथा कुुपोषणको समस्या भेटिएको थियो । उक्त क्षेत्रका बिरामीमा महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुष धेरैमा दम, पित्तथैलीको पत्थरी र हर्निया भेटिएको उहाँले बताउनुुभयो । स्वास्थ्य मन्त्रालयका सहसचिव डा विकास देवकोटाले भौगोलिक हिसाबले सुुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश नं २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुुभयो ।

उक्त शिविरमा सिन्धुली, धनुुषा, महोत्तरी र सर्लाहीका जनता ठूलो सङ्ख्यामा उपचारका लागि पुुगेका थिए । पुुरुषको तुलनामा उपचार गर्न आउने महिलाको सङ्ख्या बढी रहेको थियो । महोत्तरीका शिविरबाट नागरिक–सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान पुुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपालगञ्जक्षेत्रमा पनि यस्तै बृहद् स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच बनाएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वास्थ्यमा जनताको पहँुुच कम भएको क्षेत्रमा मुलुकका अन्य क्षेत्रमा पनि सेनाले शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology