• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकाका नागरिक र भोटरका छोरीले ५० प्रतिशत छात्रवृत्तिमा नर्सिङ शिक्षा लिन पाउने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका भित्रका नागरिक र गोकर्णेश्वर नगरपालिकाका मतदाताका छोरीले ५० प्रतिशत छुटमा पिसिएल नर्सिङ शिक्षा प्राप्त गर्ने भएका छन् । पिसिएल नर्शिङ शिक्षा अध्यन गर्न चाहनेको नर्सिङ फिमा लाग्ने ५० प्रतिशत नगरपालिकाले बेहोर्ने गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले बताए । नर्सहरुको देश विदेशमा धेरै माग रहेकोले र छोरीहरुलाई प्रोत्साहन होस् भनेर सो कार्यक्रम नगरपालिकाले ल्याएको गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology