• Saturday 29th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

सन्तोष साहुखलको घरेलु फुटबल लिगमा सय गोलको कीर्तिमान(भिडियो)


  • गोकर्णेश्वर अनलाइन
  • बुध, पुस २३, २०७६

सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् ।

बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन बुबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए । उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।

१७ वर्षअगाडी थ्रिस्टार क्लबबाट व्यवसायीक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । उनले वि.स. २०६० मा थ्रिस्टारबाट ६ गतेल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा पुनः थ्रिस्टारबाटै ६ गोल गरेका थिए । त्यसैगरी २०६३ को सिजनमा थ्रिस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६÷०६७ मा सोही टीमबाट १९ गोल गरे । २०६८ मा मनाङ १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology