• Saturday 25th of July 2026

चन्द समूहका जिल्ला सदस्य सापकोटा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो । विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो । त्यस्तै २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology