• Saturday 25th of July 2026

गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति


  • गोकर्णेश्वर अनलाइन

प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिनुभयो । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतलाई अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा अघि बढाइएको जानकारी दिँदै परिसरमा नआए पक्राउ गरेर ल्याइने बताउनुभयो । आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो) बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी गर्नुभयो । बुधबार अपराह्नको त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology