सुदर्शन बजगाई,आशाका किरण समाचार । भुकम्पबाट ग्रस्त बनेका जाजरकोटबासीलाई नेपाल स्काउटले सघाएर दुखमा मलम लगाउने प्रयास गरेको छ । आफ्ना घरवास गुमाएका भुकम्प पिडितको घरमा फसेको लत्ता कपडा गरगहना पैसा र अन्य दैनिक उपभोग्य वस्तु निकाल्न सहयोग गरेर नेपाल स्काउटले आफ्नो स्वयंसेवकिय भुमिकालाई झन् फराकिलो बनाएको छ ।
जाजरकोटको भेरी नगरपालिकालाई केन्द्र बनाएर नेपाल स्काउटका विपद व्यवस्थापन टिमका प्रमुख पवन कोइरालाको नेतृत्वको २० जनाको टोलीले स्वयंसेवकको भुमिका निर्वाह गरिरहेको नेपाल स्काउटले जनाएको छ । जनतालाई दुख पर्दा स्काउट सधै अग्रभागमा रहेर खटिने र यसमा जनतालाई सेवा दिन पाउँदा सबै स्वयंसेवक खुसी रहेको कोइरालाले बताए । २-३ महिनासम्म सेवा शिवर संचालन गरेर भुकम्प पिडितलाई राहत र पुनर्स्थापना गर्न नेपाल स्काउटले कुनै कसर नछाड्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताउनु भयो ।

स्काउटले शिविर खडा गरेर भग्नावसेस हटाउने,अस्थायी वासस्थान निर्माण गर्ने र सक्दो जनतालाई आवस्यक दैनिक उपभोग्य वस्तु वितरण गर्ने संयोजक भण्डारीले बताए । स्काउटको निस्वार्थ सेवा देखेर भुकम्प पिडित समेत दंग छन् । स्मरण रहोस् स्काउट पुर्ण स्वयंसेवी संस्था हो । भुकम्प,कोरोना कहर र अन्य दैवीप्रकोपमा अग्रभागमा रहेर स्काउटले आर्मी र प्रहरी सरह सेवा प्रदान गरिरहेको छ ।

