• Saturday 25th of July 2026

राष्ट्रियसभामा दुई प्रतिवेदन पेश


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५÷७६’लाई सभासमक्ष पेश गर्नुभएको थियो । यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो । मन्त्री नेम्वाङले रेल्वे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गतको पालेर्माे अभिसन्धि स्वीकृत गरियोस्’ भन्ने प्रस्तावलाई बैठकमा सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology