• Saturday 25th of July 2026

सुधार हुँदै प्यूठान अस्पताल


  • गोकर्णेश्वर अनलाइन

प्यूठान अस्पतालले लामो समयसम्म चिकित्सक नहुँदा आलोचना खेप्यो । करीब छ महिनासम्म बिरामीको उपचारमा समस्या प¥यो । सरकारीमा भन्दा निजी क्लनिकमा जाँच गराउनुपर्ने बाध्यता रह्यो । पछिल्लो समय अस्पताल सुधारोन्मुख छ । प्रदेश नं ५ सरकारमार्फत पाँच चिकित्सक पठाएपछि अस्पतालले स्वास्थ्य सेवामा नयाँ गति दिएको छ । प्रयोगशाला र आकस्मिक सेवाका २४सैँ घण्टा सुचारु भएको छ । लेखा प्रमुख नहुँदा रोकिएका कामसमेत डेढ महिनादेखि पदपूर्ति भएको छ । अस्पतालले लेखा अधिकृत पाएसंगै औषधि खरीद र चिकित्सक तथा स्वास्थ्यका कर्मचारीलाई तलब प्रदान गर्ने वातावरण समेत सिर्जना भएको छ । सेवालाई गुणस्तरीयसँगै अस्पतालको भौतिक संरचना, सेवा विस्तार र सेवा प्रवाहका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समिति अध्यक्ष केशवराज आचार्य र प्रदेश नं ५ प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल पहलमा कार्यक्रम सम्पन्न भएको थियो । विसं २०४५ मा १५ श्ययाबाट सेवा सुरुआत गरेको सो अस्पताल विसं २०७३ मा ५० श्ययामा वृद्धि गरिएको थियो । तर स्वीकृत पाएको चार वर्ष बित्दासमेत ती श्ययाको सेवा सञ्चालनमा आएको छैन ।

भौतिक संरचना नभएका कारण श्यया बनाउन नसकिएको जनाइएको छ । श्यया थप गर्न ३५ रोपनी जग्गा आवश्यक पर्ने र हाल अस्पतालको ३१ रोपनी मात्र जग्गा छ । अस्पताललाई जग्गा सहयोग गर्न यस क्षेत्रका स्थानीयवासीले जागरुपता देखाएका छन् । स्थानीय आनन्दकुमार श्रेष्ठले जग्गाका कारणले नरोकी आवश्यक सरसल्लाहका साथ अगाडि बढ्न अन्तक्र्रियामा अस्पताल समितिलाई आग्रह गर्नुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ । ५४ जनाको दरबन्दी रहेको अस्पतालमा ३१ मात्र चिकित्सक अस्पतालमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमृत पन्थीले जानकारी दिनुभयो । रोगअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा सेवामा गुणस्तरीयता दिन नसकिएको उहाँले बताउनुभयो । अस्पतालमा स्वास्थ्य बीमाको ४३ प्रकारका औषधि, २४सैँ घण्टा ल्याव, एक्सरे सेवा सञ्चालन, प्रसूति प्रोत्साहन तथा यातायात खर्च नियमित उपलब्ध गराएको, नवजात शिशुलाई न्यानो झोला वितरण, फिजियोथेरापी सेवा शुरु, खाद्यान्न, आमा सुरक्षा कार्यक्रमका लागि औषधि तथा औषधिजन्य सामग्री खरीद प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख डा पन्थीले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य रिजालले प्यूठान अस्पतालमा आएका चिकित्सक टिकाउँदा अस्पताल सुधार गर्न सकिने बताउनुभयो । अस्पतालमा जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीका बिरामीसमेत उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology