• Saturday 25th of July 2026

फर्निचर उद्योगमा आगलागी


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गर्नुभएको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिनुभयो । आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology