• Saturday 25th of July 2026

निःशुल्क दन्त परीक्षणमा २०० विद्यार्थी लाभान्वित


  • गोकर्णेश्वर अनलाइन

जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ । यही माघ २१ गतेदेखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिँजासम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको छ । कोहलपुर डेन्टल अस्पतालको प्राविधिक सहयोगमा छात्रछात्रा गरी २०० विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताउनुभयो । कैलाश बोधी स्कूलमा निःशुल्क दन्त परीक्षण गर्न पुगेका चिकित्सकले, सम्पूर्ण विद्यार्थीको दाँत जाँच गर्नुका साथै उचित परामर्शसमेत दिएको लामाले बताउनुभयो । दन्त परीक्षण गर्ने क्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पु¥याएको शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताउनुभयो । उहाँले क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology