• Friday 28th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

स्ववियु निर्वाचन अन्योलमा


  • गोकर्णेश्वर अनलाइन
  • बिहि, फाल्गुन १, २०७६

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो ।

प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो । उहाँका अनुसार नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो । “यदि विद्यार्थी सङ्गठन सहमति गरेर आउँछन् भने अहिले पनि निर्वाचन गर्न सकिन्छ”, थापाले भन्नुभयो, ‘‘तर नेविसङ्घले नयाँ शिक्षाध्यक्ष नियुक्त नहुँदासम्म निर्वाचन प्रक्रियामा नै भाग नलिने भनेपछि निर्वाचन तोकिएको समयमा असम्भव भएको हो ।” विद्यार्थी सङ्गठनको सहमतिमा करीब एक महिना निर्वाचन सार्ने त्रिविको तयारी छ । त्रिविमा अहिले शिक्षाध्यक्ष रिक्त रहेकाले कायममुकाय शिक्षाध्यक्ष शिवलाल भुसाल रहनुभएको छ । थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताउनुभयो । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो ।

पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो । नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताउनुभयो । उहाँले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताउनुभयो । “निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त छ”, उहाँले भन्नुभयो, “निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।” अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताउनुभयो । त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology