• Saturday 25th of July 2026

सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट


  • गोकर्णेश्वर अनलाइन

सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुरयाउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गर्नुभयो ।

Image result for सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

युएनडिपी प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि यही फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । गत माघ १३ गते सभामुख पदको शपथ लिनुभएका सापकोटासँग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदूतले प्रत्यक्ष भेट गरी शुभकामना दिइसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology