• Saturday 25th of July 2026

कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुग्नुभएका राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिनुभयो । भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology