• Monday 6th of April 2020

स्याउ किसानले पाए क्षतिपूर्ति


  • गोकर्णेश्वर अनलाइन
  • मङ्ल, चैत्र ४, २०७६

कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो । शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । तिला गुफाका किसानले रु एक हजारदेखि रु ५० हजारसम्म क्षतिपूर्ति पाएका छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको इन्चार्ज पाण्डेले बताउनुभयो ।

यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । कालीकोटमा वर्षेनी खडेरी र असिनापर्ने भएको क्षतिपूर्ति पाइराखेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology