• Saturday 25th of July 2026

नेपाल स्काउटले ५० ठाउँमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने,१० लाख जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले विश्वभर फैलिएको  कोरोनाको महामारी विरुद्ध काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात घुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । आज नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले एक भेलामा उपत्यकामा संचालित ५० भन्दा बढी क्र्युलाई जनचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिनु भएको हो । नेपाल स्काउटका तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीको अनुसार उपत्यकाका ५० बढी भिड भाड हुने ठाउँमा ३-५ जनाको प्रशिक्षित टोलीले हात धुने तरिका सिकाउँदै स्यानिटाइजर उपलब्ध गराएर आम जनतालाई कोरोना भाइरसबारे जागृत गराउने कार्यक्रम एक हप्तासम्म चल्ने छ । अभियान अन्तर्गत कोरोनाको लक्षण र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी सम्बन्धि पर्चा समेत वितरण गर्ने स्काउटको योजना छ । अभियानबाट कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने नेपाल स्काउटको लक्ष्य रहेको भण्डारीले आशाका किरण मिडियालाई बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology