• Monday 6th of April 2020

राजपाको संयोजकमा भण्डारी


  • गोकर्णेश्वर अनलाइन
  • बुध, चैत्र ५, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हाल्नुभएको छ । अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिनुभएको हो । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आउनुभएको छ । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक हुनुहुन्थ्यो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology