• Saturday 25th of July 2026

कोभिड –१९ : बीस परीक्षण नेगेटिभ


  • गोकर्णेश्वर अनलाइन

कोभिड – १९ का आशङ्का गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन बाँकी रहेको प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय प्रवक्ता एवम् जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । ती स्वाबको परीक्षण गर्न काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । यसरी नमूना पठाइएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १६, उदयपुर अस्पताल गाईघाट १, प्रदेश अस्पताल(कोशी) विराटनगर ६ र मेची अस्पताल भद्रपुरबाट २ रहेको थियो । सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन बनाइका आइसोलेशन र क्वारेन्टाइमा शुक्रबार साँझसम्म ७१२ जनालाई राखिएको छ । प्रदेश अन्तर्गत विभिन्न जिल्लाका ३७ स्थानमा निर्माण गरिएकोे २४४ श्ययाको आइसोलेसनमा पाँच महिला सहित १५ जनालाई राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ६२ स्थानमा निर्माण गरिएको एक हजार ५४३ श्ययाको क्वारेन्टाइनमा ३२८ जनालाई राखिएको छ ।

यसैगरी सामाजिक विकास मन्त्रालयले कोभिड –१९ को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि मन्त्रालय अन्र्तगतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेक्स सञ्चालनमा रु तीन करोड बजेट निकासा गरेको छ । प्रवक्ता मेहताका अनुसार सो कार्यका लागि १३ वटा अस्पताललाई रु ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई रु २२ लाख ५० हजार , विभिन्न १४ वटा नगरपालिका÷गाउँपालिकाहरुलाई रु ८० लाख र स्वास्थ्य निर्देशनालय धनकुटालाई समेत गरी रु तीन करोड निकासा गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकलाई सो भाइरस जोखिम हुनबाट जोगाउन विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई व्यक्तिगत सुरक्षा सामग्री(पिपीई) २११ थान, ज्वरो नाप्ने मेसिनगन १६ थान, सर्जिकल मास्क पाँच हजार थान, सर्जिकल ग्लोब सात हजार दुई सय जोडी, हेण्ड सेनिटाइजर एक हजार २५० थान उपलब्ध गराएको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology