• Saturday 25th of July 2026

आइसोलेशनमा राखिएका युवक ‘डिस्चार्ज’


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका—७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ । छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आउनु भएको थियो । तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेलापरेपछि उहाँलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएकाले कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन श्ययामा भर्ना गरिएको थियो ।

आइसोलेसन श्ययामा भर्ना गरिएसँगै उहाँको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो । स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना सङ्क्रमण नभएको पुष्टि गरेपछि उहाँलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योती पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology