• Saturday 25th of July 2026

जनकपुरमा रगतको अभाव


  • गोकर्णेश्वर अनलाइन

जनकपुरधाममा केही दिनदेखि रगतको व्यापक अभाव भएको छ । सङ्घसंस्थाबाट हुने गरिएका रगतदान केही दिनदेखि हुन नसकेका कारण जनकपुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिँहले जानकारी दिनुभयो । खासगरी प्रसूति अवस्थाकी महिलाका साथै गम्भीर अवस्थाका बिरामीलाई रगत उपलब्ध गराउनुपर्छ । माग पूर्ति गर्नका लागि स्वयंसेवकबाट मद्दत लिने गरिएको अध्यक्ष सिँहले बताउनुभयो । कोरोना भाइरसको कारण मुलुक लकडाउनका अवस्थामा रहेकाले रगतदानका लागि आह्वान पनि गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । अहिलेसम्म रगतको अभावको कारण कसैलाई मृत्यु हुन नदिएको, स्वयंसेवकलाई सक्रिय पारिएको तर मुलुकको बदलिँदो परिवेशलाई ध्यानमा राखी केन्द्रमा ठूलो परिमाणमा रगत मौज्दात राख्नुपर्ने विषयतर्फ सवै पक्षलाई गम्भीर हुनुपर्ने सम्बन्धमा उहाँले ध्यानाकर्षण गराउनुभएको छ । रेडक्रसका अध्यक्ष सिँहले युवालाई रगतदानका लागि वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology