• Saturday 25th of July 2026

तीन नयाँ कोरोना भाइरस संक्रमितको अवस्था सामान्य


  • गोकर्णेश्वर अनलाइन

कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो । शनिबार एकै दिन तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको छ । धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीया युवककी भाउजू, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो । चौँतीस वर्षीया युवतीबाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट सङ्कलन गरिएको बताउँदै युवतीको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएकोे जोशीले जानकारी दिनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology