• Friday 24th of July 2026

स्थानीय दाताको सहयोगमा गोनपा ५ का वडा अध्यक्ष नारायण सुवेदीले बाँडे २८९ विपन्न वर्ग र ज्यालादारी मजदुरलाई राहत(भिडियो)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेतृत्व कुशल भयो भने सो नेतृत्वकर्ताको छायाँ वर परका ब्यक्तिले सहजता पाउँछ । त्यस्तै भएको छ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा । वडा अध्यक्ष नारायण बहादुर सुवेदीले अपिल गरेपछि स्थानिएले दाताले सहयोग गरे र २८९ जना ब्यक्तीलाई राहत वितरण गरिएको हो । राहतमा १५ केजी जिरा मसिनो चामल,१ केजी दाल,एक प्याकेट नुन,१ लिटर तेल र एक प्याकेट मसौरा वितरण गरिएको थियो । सरकारले गरेको लक डाउन र सामाजिक दुरी कायम गराउदै राहत वितरण गरिएको हो । राहत वितरण होस् भनेर इश्वर सापकोटाले रु एक लाख,कुमार पाख्रीनले १ लाख कोमल लामिछनेले रु ५० हजार,रामहरी सापकोटाले ५० हजार, राजु अधिकारीले रु २५ हजार,केशव सापकोटाले रु १५ हजार,टीका सुवेदीले २५ हजार, नरेन्द्र श्रेस्ठले १३ हजार ५० रुपियाँ र शिव दाहलले प्रदान गरेको ५ हजार रुपियाँले राहत वितरण गरेका थिए । सोही सन्दर्भमा वडा अध्यक्ष नारायण सुवेदी र मणिगाल टोल सुधार समितिका सचिव राजु अधिकारीसंग गरिएको कुराकानीको संपादित अंश :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology