• Saturday 25th of July 2026

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । देउराली जनता फर्मास्युटिकल्स् प्रालि. का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले आगामी दिनमा औषधिमा आत्मनिर्भर हुन सकियोस् भन्नेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “औषधिहरू पर्याप्त उत्पादन गर्न लाग्नुस् । उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउन सरकार तपाइँहरूको साथमा हुनेछ ।”

सो अवसरमा प्रालिका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology