• Sunday 26th of July 2026

फेरी प्युठानका एघार जनामा आरडिटी टेस्ट पोजेटिभ


  • गोकर्णेश्वर अनलाइन

प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology