• Sunday 26th of July 2026

आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै (कोभिड –१९) संक्रमित


  • गोकर्णेश्वर अनलाइन

सरकारले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १०.१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट गर्नुभयो । यसअघि मन्त्रालयले ७.४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उहाँले जानकारी दिनुभयो । “अद्यावधिक विवरणअनुसार कोभिड –१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”

यसअघि मन्त्रालयले २५० जनामा कोभिड –१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताउनुभयो । मन्त्रालयले पहिले बिहान ६.१५ बजे दुई र पछि ७.४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology