• Sunday 26th of July 2026

थप एक जनामा कोरोना सङ्क्रमण फेला


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology