• Sunday 26th of July 2026

श्रममन्त्री यादव अस्पतालमा , हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार


  • गोकर्णेश्वर अनलाइन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुग्नुभएको छ । मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल जानुभएको उहाँका प्रेस संयोजक विजय यादवले जानकारी दिनुभयो । मन्त्री यादवको सचिवालयले उहाँलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology