• Saturday 25th of July 2026

नेपालमा अनलाइन मार्फत बिश्वब्यापी कवि सम्मेलन हुँदै


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ : कार्यक्रम “मेरो कविता र म” पहिलो पटक नेपालमा अनलाइन मार्फत बिश्वब्यापी कवि सम्मेलन आयोजना हुन लागेको हो । याे क्रायक्रम “मेराे कविता र म” को रूपमा जेठ ९ गते दिउँसो १:00 बजे देखि प्रत्यक्ष प्रसारण हुदैछ । यस कार्यक्रममा देश विदेशबाट थुप्रै कविहरुको उपस्थिति रहने छ। कार्यक्रममा सहभागिता को लागि निम्न उल्लेखित गूगल फर्म भर्नुपर्ने छ।

अनलाइनमा पनि विद्यार्थीलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउन सकिने जेभियर इन्टरनेशनल स्कुल/कलेजका सहायक प्रिन्सिपल दिपेन दाहाल बताउँछन् ।

अनलाइनमार्फत् विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अन्योल रहेकै बेला सहायक प्रिन्सिपल दाहालले विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई फराकिलो दायरा बनाउँदै विश्व कविता सम्मेलन आयोजना गरेका छन् । उनले आयोजना गरेको कविता सम्मेलन जेठ ९ गते प्रत्यक्ष प्रशारण हुँदैछ ।

‘मेरो कविता र म शीर्षक’मा आयोजना गरिएको विश्व कविता सम्मेलनमा झन्डै दर्जन दिग्गज कवि विश्वको विभिन्न स्थानबाट सहभागी जनाउँदै छन् । विद्यार्थीका लागि अनलाइन रजिष्ट्रेशन फर्म राखिएको छ । उनीहरुले त्यो फर्म भरेर आफ्ना रचना पठाउन सक्ने छन् । उत्कृष्ट रचनालाई जेठ ९ गते आयोजना हुने विश्व कविता सम्मेलनमा रचना पाठ गर्ने अवसर पाउने छन् । सहायक प्रिन्सिपल दाहालले बृहत खबरलाई बताउँदै भने, ‘दिग्गज कविका अगाडि हाम्रा विद्यार्थी पनि प्रस्तुत हुन पाउने छन् । उनीहरुले आफ्ना रचना सबै सामू राख्न पाउने छन् । जसले गर्दा विद्यार्थीमा सिर्जनशीलता अभिवृद्धि हुनेछ ।

सहायक प्रिन्सिपल दाहालकै संयोजकत्वमा हुन थालेको विश्व कविता सम्मेलनमा सुनसरी नेपालबाट इन्द्रकुमार श्रेष्ठ सरित, ओखलढुंगाबाट चेतनाथ धमला, झापाबाट बाबुराम नेउपाने उत्स, ललितपुरबाट ललिता दोषी, जापानबाट केबी पारखी, सिएट्ल अमेरिकाबाट बुना दाहाल, म्यान्मारबाट राजन ढकाल, काठमाडौंका कवि रामेश्वर राउत मातृदास, शान्ति शर्मा, राजन नेउपानी श्रीएम, चेन्नाइ भारतबाट लक्ष्मी उपे्रती, दार्जिलिङबाट मनप्रसाद सुब्बा र जर्मनीबाट चिरञ्जीवी भट्टराईले सहभागिता जनाउने छन् ।

दिउँसो १ बजेबाट सुरु हुने उक्त कविता सम्मेलनको विभिन्न एफएम रेडियो, फेसबुक र विभिन्न अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण हुनेछ । नेपाली साहित्यमा रुचि राख्ने तथा विद्यार्थी, अभिभावक र शुभचिन्तकलाई उक्त कार्यक्रममा जोडिन सहायक प्रिन्सिपल दाहालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology