• Sunday 26th of July 2026

दुखद खबर : गुल्मीका कोरोना संक्रमित गम्भीरावस्थामा


  • गोकर्णेश्वर अनलाइन

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गरी बिरामीबारे बाहिर आएको गलत र भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । उहाँ एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गतेदेखि अस्पतालमा भर्ना हुनुभएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology