• Monday 27th of July 2026

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताउनुभयो । उहाँले समन्वय गर्दा बिरामीलाई सहज हुने बताउनुभयो ।

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा. अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology