• Saturday 25th of July 2026

लागुऔषधसहित युवक पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रतिबन्धित लागुऔषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ । भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । यस्तै यसअघि सोमबार मात्रै घरमै लागुऔषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले लागुऔषधसहित गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले लागुऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थानसहित साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology