• Saturday 25th of July 2026

लोप हुन थालेपछि नौमती बाजा संरक्षण थालियो


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमती बाजा खरिद गरी वितरण गरेको छ । वडा कार्यालयले नौमती बाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु एक लाख बजेटबाट नोमती बाजा बजाउन सक्रिय दलित समुदायलाई नौमती बाजाको एक–एक सेट वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो ।

“नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजा नै लोप हुने अवस्थामा पुग्यो”, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “वडाको पहिचानका रूपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिमजस्ता प्रवद्र्धनात्मक कार्यक्रमसमेत प्रदान गरिने वडाको योजना छ । बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने हर्राचौर नौमती बाजा समूहका तीलबहादुर नेपालीले बताउनुभयो । वडा कार्यलयभित्र छरिखोला र हर्राचौरमा गरी दुईवटा नौमती बाजा समूह रहेको छ । आगामी वर्षको बजेटमा छरिखोलाको नौमती बाजा समूहलाई बाजाको सेट वितरण गरिने वडा कार्यालयको भनाइ छ । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेको भन्दै वडा कार्यालय संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology