• Monday 27th of July 2026

थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • गोकर्णेश्वर अनलाइन

नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर नमूना परीक्षण भएको छ ।

हाल क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेशनमा आठ हजार ६०५ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ८९१ रहेको उहाँले बताउनुभयो । प्रवक्ता गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology