• Saturday 25th of July 2026

सेवा दिन प्रशासनद्वारा समय निर्धारण


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका स्थानीय तहहरुलाई आगामी आइतबारदेखि लागू हुने गरी फरक÷फरक समयमा सेवा दिने जनाएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरण गरी भौतिक दूरीलाई समेत ख्याल गरी विभिन्न पालिकालाई समय निर्धारण गरी सेवा लिन आग्रह गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“सेवाग्राहीको चाप बढ्न थालेपछि स्थानीय तहअनुसार समय निर्धारण गरिका हौँ”, सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “सेवाग्राहीलाई पनि सोहीअनुसार स्वास्थ्य सतर्कता अपनाउँदै कार्यालयमा आग्रह सूचना जारी गरेका छौँ ।” प्रशासन कार्यालयले यहाँको भीमदत्त नगरपालिका, बेलौरी र पुनर्वास नगरपालिकाका बासिन्दालाई आइतबार र सोमबार सेवा दिने जनाएको छ । त्यसैगरी शुक्लाफाँटा, कृष्णपुर र लालझाडी गाउँपालिकाका बासिन्दालाई मङ्गलबार र बुधबार तथा महाकाली नगरपालिका, वेदकोट र बेल्डाँडी गाउँपालिकाका बासिन्दालाई बिहीबार र शुक्रबार सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासन कार्यालयले पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किने नेपाली आउने क्रम जारी रहेको जनाएको छ । गड्डाचौकी नाकाबाट नेपालीलाई घर फर्किन र भारतीय नागरिकलाई यहाँबाट भारत जान अनुमति दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology