• Monday 27th of July 2026

कोरोना रोकथाममा कैलालीको गोदावरी नगरपालिकामा रु तीन करोड २८ लाख खर्च


  • गोकर्णेश्वर अनलाइन

कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद, खाना, भ्रमणभत्ता, झुल खरिदलगायत शीर्षकमा सो रकम खर्च भएको जनाएको छ । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सुदूरपश्चिम प्रदेश सरकारले रु ६६ लाख ४० हजार, सङ्घीय सरकारबाट रु ३० लाख ३८ हजार ३२५, नगरपालिकाबाट रु दुई करोड ५० लाख, नगरपालिका कर्मचारीबाट रु चार लाख ६५ हजार १४, सामुदायिक विद्यालयका शिक्षकबाट रु ११ लाख ६८ हजार ४२० जम्मा भएको थियो ।

बाह्रवन साझेदारी वन व्यवस्थापन समितिबाट रु एक लाख ५० हजार, अत्तरिया साना सहकारी खानेपानीबाट रु ५१ हजार, कञ्चन डेभलपमेन्ट बैंकका प्रबन्धकबाट रु १० हजार तथा विभिन्न सङ्घसंस्थाबाट कोषमा कुल रु तीन करोड ६५ लाख ७५ हजार ७५९ जम्मा भएको थियो । नगरपालिकाले स्थापना गरेको कोषबाट नगरपालिका कार्यालयले इन्धन खर्चबापत रु तीन लाख एक हजार ९१४, राहत तथा क्वारेन्टिन खाद्यान्नबापत रु ६६ लाख ९९ हजार ६७३, मेडिकल सामग्री खरिद रु एक करोड छ लाख ४२ हजार ३९८, रेनकोट र मास्क खरिदमा रु १५ लाख ५३ हजार ८६२, भ्रमणभत्ता रु ४२ हजार, झुल खरिद रु छ लाख ८९ हजार र स्यानेटाइजेसनमा रु दुई लाख दुई हजार ५३३ खर्च भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार खाना व्यवस्थापन खर्चअन्तर्गत रु एक लाख ४८ हजार ४५३ खर्च गरेको छ भने कार्यालयले बैठक खर्चबापत सो अवधिसम्ममा रु एक लाख ३५ हजार खर्च भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology