• Monday 27th of July 2026

जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान


  • गोकर्णेश्वर अनलाइन

कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालमा हाल ४२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् भने चार÷पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ । सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology