• Monday 27th of July 2026

कोभिड – १९ विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, ११ भदौ ९रासस०ः सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण ९क्लिनिकल ट्रायल० गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण ९क्लिनिकल ट्रायल०को लागि आउन ती देशले खोजेका छन् ।

परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन । परिषदका कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड १९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । “नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन,” उहाँले भन्नुभयो, “ हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।” परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड १९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ ।

अहिले प्लाजा थेरापीविधिबाट गम्भिर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् । परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप “स्तुनिक भी” नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसक्नु भएको छ । “खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,” उहाँले भन्नुभयो, “हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ ।

त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।”विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उहाँको भनाइ रहेको छ । अहिलेसम्म कुनै पनि औषधि र खोपलाई संगठनले मान्यता दिएको छैन । रुसी सरकारले एक हजार जनालाई निःशुल्क रुपमा प्रयोग गर्नका लागि खोप उपलब्ध गराउने समेत रुसका राजदूत नोभिकोभले प्रतिवद्धता जनाउनु भएको परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिनुभयो । परिषद् विभिन्न देशमा उत्पादन भएका औषधी र खोपको नेपालमा प्रयोगका सम्बन्धमा एक बैज्ञानिक अध्ययन टोली गठन गरी नेपालमा प्रयोग गर्न सकिने वा नसकिने पत्ता लगाउने छ । उक्त टोलीले औषधि र खोपका बारेमा सत्यतथ्य पत्ता लगाई प्रयोग गर्न सकिने वा नसकिने प्रतिवेदन तयारी पारी परिषद्लाई बुझाउने छ ।

सोही आधारमा मात्र औषधि र खोपको विधिपूर्वक प्रयोग गर्न सकिने परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार रुसका राजदूत नोभिकोभले नेपालमा नै उक्त खोप उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसैगरी चीनको चाइनो भ्याक कम्पनीले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे पनि छलफल भएको छ ।

उहाँले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । उक्त खोप समेत चीन सरकारले ५०० जनामा प्रयोग गर्नका लागि एक हजार थान पठाउनका लागि स्वीकृत माग गरेको छ । यस्तै भारतबाट सङ्क्रमित गम्भिर अवस्थामा पुगेका बिरामीको लागि प्रयोग औषधि रेमडिसिभिर पनि औषधि व्यवस्था विभागले प्रयोगका लागि स्वीकृत दिइसकेको छ । क्लिनिकल ट्रायलका लागि ल्याइएकोले उक्त औषधीकवो अहिले सङक्रमितको उपचारको लागि प्रयोग भइरहेको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालले रेमडिसिभिर औषधिबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology