• Saturday 25th of July 2026

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बर को ट्रकले अज बिहान विकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उनको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो । प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology