• Monday 27th of July 2026

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन् ।

राजापुर नगरपालिका—४ निवासी लक्ष्मी थारुले भन्नुभयो, “सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ ।” राजापुर स्वास्थ्य चौकीमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उहाँले माग गर्नुभयो । स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताउनुभयो । राजापुर नगरपालिका—४ को वीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology