• Sunday 26th of July 2026

नौ वर्षीया बालिकालाई बलात्कार अभियोगमा एक पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार÷पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेका जनाइएको छ । प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology