• Monday 27th of July 2026

कोरोना सङ्क्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गरिने


  • गोकर्णेश्वर अनलाइन

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठिक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट ग¥यो भने त्यसले कोरोना भाइरसलाई न्यूटिलाइज गर्ने भन्ने सिद्धान्तका आधारमा यो विधि थालिने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

“गम्भिर खालका सङ्क्रमित बिरामीलाई आइसियूमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाइन्छ”, श्रेष्ठले भन्नुभयो, “साधारण कोरोना पोजेटिभ बिरामीलाई भने प्लाज्मा चढाइदैन ।” उहाँले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेती प्रादेशिक अस्पताल तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि कोभिड– १९ मुक्त भइसकेका व्यक्तिले रगत दान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारी सङ्क्रमितको उपचार गरिने भएको हुँदा सङ्क्रमण मुक्त भएकालाई रक्तदानका लागि आज सूचनामार्पmत आग्रह गरेका छौ ।” यसका लागि कोरोना सङ्क्रमित लक्षणबाट मुक्त भएको दुई हप्ता पुगेको र पीसीआर पद्वतिबाट नेगेटिभ भइसकेको हुनुपर्ने मापदण्ड रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology