• Monday 27th of July 2026

कोरोना सङ्क्रमित दुई महिला सम्पर्कविहीन


  • गोकर्णेश्वर अनलाइन

नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडौँ मा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology