कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
डा गौतमले विगत २४ घण्टामा ७६८ निको भएर घर फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । उहाँले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुभयो । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् । पाँच जिल्ला सङ्क्रमणमुक्त डा गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमण मुक्त भएका छन् ।
उहाँले सङ्क्रमित देखिएकामध्ये १२७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिनुभयो । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना छन् । संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोसनमा सात हजार २८० जना छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार ११२ जना र क्वारेन्टिनमा सात हजार ३९० जना छन् ।
