• Sunday 26th of July 2026

सजाय सुनाएका दोषी दश वर्षपछि पक्राउ


  • गोकर्णेश्वर अनलाइन

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उहाँसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।

कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । उनीसँगै पक्राउ परेका अन्य चार जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् । थापा पक्राउ परेसँगै उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यो पनि हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology